सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
_1VGFAZ0c4W.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताएका हुन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।
सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी र विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा समस्त नेपालीमा आफ्नो पार्टी र व्यक्तितर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
-
होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा
-
भारत र पाकिस्तानबिचका पाँच रोमाञ्चक म्याच