दोरम्बामा पहिरोको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो
मन्थली । दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिरोका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए ।
आज घटनास्थल पुगेका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिए । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही रु १०÷१० हजार प्रदान गरेका थिए ।
घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन् । घाइतेको श्रेष्ठको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने पनि मन्त्री तामाङले घोषणा गरे ।
पहिरोमा परी सोही वडाका ५५ वर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेको र उनीहरूको खोजतलास भइरहेको दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू