शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

महावाणिज्यदूत बन्नका लागि मैले कुनै इच्छा व्यक्त गरेको छैन : सापकोटा

आइतबार, ०९ भदौ २०८१, २२ : १३
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (पोर्चुगल)का पूर्वअध्यक्ष तथा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिमा आबद्ध लक्ष्मीप्रसाद सापकोटाले पोर्चुगलको लिस्बनस्थित अवैतनिक महावाणिज्यदूत आफूले सञ्चालन गर्न खोजेको र महावाणिज्यदूत बन्न खोजेको भन्ने समाचारको सत्यता नभएको दाबी गरेका छन् । 

‘कन्सुलर सेवा नवीकरण नहुँदा पोर्चुगलमा ठगिँदै नेपाली, पुलिस रिपोर्ट बनाउन ३ सय युरोसम्म लिन्छन् दलाल’ शीर्षकमा रातोपाटीमा प्रकाशित समाचारमा आफ्नो नाम र फोटो प्रयोग भएकोप्रति असन्तुष्टि जनाउँदै उनले  समाचारमा भनिए झैँ महावाणिज्यदूत बन्नका लागि आफूले कुनै इच्छा व्यक्त नगरेको दाबी गरेका छन् । साथै उनले सो खालको गतिविधि समेत नगरेको बताएका छन् । 

‘विगत लामो समयदेखि पोर्चुगल बस्दै आएको म विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई निरन्तर सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छु’, उनले रातोपाटीलाई पठाएको खण्डनसहितको प्रष्टीकरणमा भनेका छन्, ‘सामाजिक व्यक्ति भएकाले मैले मेरो दायित्व र सीमा प्रति म सधैँ सजग र सचेत छु । काम गर्ने क्रममा गल्ती वा कमजोरी हुँदा त्यसलाई स्वीकार गर्नुपर्दछ । यदि त्यस्तो कमीकमजोरी रहेको भए औँल्याउनुहुने सञ्चार जगत र सञ्चारकर्मीप्रति मेरो उच्च सम्मान छ, र रहनेछ साथै त्यसलाई स्वीकार गर्दै सच्याउनु मेरो जिम्मेवारी हो भन्ने म ठान्दछु ।’

तर, जुन ढङ्गले आफूलाई जोडेर समाचार प्रकाशन गरियो त्यसमा आफ्नो कहीकतै पनि साइनो नभएको उनको दाबी छ ।  उनले सन् २०१३ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको निवर्तमान अध्यक्ष हुँदै गर्दा पद हस्तान्तरण कार्यक्रममा सम्पूर्ण सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले आफूलाई वाणिज्यदूतका लागि प्रस्ताव गर्दा समेत उक्त प्रस्तावलाई अस्वीकार गरेको समेत उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप