दुर्घटनामा परेको बस निकाल्न सोमबार १० बजेसम्म पृथ्वी राजमार्ग बन्द गरिँदै
आइतबार, ०९ भदौ २०८१, २१ : ४९

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट मर्स्याङ्दीमा खसेको बस सोमबार निकालिने भएको छ । बस निकाल्न ठुला उपकरण प्रयोग गर्नुपर्ने भन्दै स्थानीय प्रशासनले भदौ १० मा बिहान साढे ६ बजेबाट १० बजेसम्म पृथ्वी राजमार्गको सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ ।
पृथ्वी राजमार्गको ऐनपहरा खण्ड बिहान १० बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले बताए । भदौ ७ मा भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र