बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारले पूरक बजेट ल्याउँदैन : मुख्यमन्त्री आचार्य

आइतबार, ०९ भदौ २०८१, २१ : २२
आइतबार, ०९ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रमको पूर्ण कार्यान्वयनको लागि सरकारले कार्यविधि र कार्य योजना निर्माण गरिसकेको जानकारी दिँदै उनले छुटेका योजनाहरूलाई अर्को आर्थिक वर्षमा समेट्न सकिने बताएका हुन । 

बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रूपमा आउन पनि आग्रह गरे । अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आचार्यले बजेट बनाएका थिए । उनले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पार्दे छुटेका योजनाहरूलाई अर्को वर्ष समेट्ने गरी तयारी गर्ने बताए । 

सो अवसरमा समग्र जिल्लाको सन्तुलित विकासका लागी प्रदेश सरकारले एकीकृत योजना निर्माण गरेर कार्यान्वयन चरणमा लैजान नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लालबहादुर श्रेष्ठले बताए । समानुपातिक रूपमा बजेट निर्माण प्रक्रिया अपनाउन उनले आग्रह गरे । बर्दिया जिल्लामा भारतसँग जोडिएका नाकाहरूलाई व्यापारिक नाकाको रूपमा विकास गर्न माग राखिएको छ । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले गुलरिया नाका सुचारु गर्न माग राखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप