माडुएकेको ह्याट्रिकमा चेल्सीको पहिलो जित

लण्डन । नोनी माडुएकेको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेल्सीले वूल्भ्सलाई ६–२ गोलले हराएको हो ।
खेलको पहिलो हाफमा नै चार गोल भएको थियो । दोस्रो मिनेटमा नै निकोलस ज्याक्सनले चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, २७ औँ मिनेटमा म्याथेयस कुन्हाले खेल बराबरी गरे । ४५ औँ मिनेटमा कोल पाल्मरले पुनः चेल्सीलाई अग्रता दिलाए पनि इन्जुरी समयमा जोर्गन स्ट्रान्ड लार्सनले खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा भने चेल्सीले गोल वर्षा गर्यो । ४९ औँ मिनेटमा माडुएकेले चेल्सीलाई अग्रता दिलाए । ५८ औँ मिनेटमा र ६३ औँ मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । सबै गोलको अवसर पाल्मरले सिर्जना गरेका थिए ।
खेलको अन्त्यतिर जोआओ फेलिक्सले टोलीका लागि आधा दर्जन गोल गरे ।
आइतबारकै अन्य खेलमा बोर्नेमाउथ र न्युक्यासल युनाइटेडले १–१ गोलको बराबरी खेले । ३७ औँ मिनेटमा मार्कस टाभर्नियरले बोर्नेमाउथलाई अग्रता दिलाए पनि दोस्रो हाफको ७६ औँ मिनेटमा हार्भी बार्नसले गोल गर्दै खेल बराबरी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने