बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ब्राजिलमा नेपालीसहित अन्य देशका आप्रवासी अलपत्र

आइतबार, ०९ भदौ २०८१, २० : १४
आइतबार, ०९ भदौ २०८१

रियो द जेनरियो । ब्राजिलमा नेपालीसहित अन्य केही देशका आप्रवासीहरू अलपत्र परेको खबर आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले छापेको खबरका अनुसार नेपाल, भारत र भियतनामका सयौँ आप्रवासी अलपत्र परेका छन् । 

यिनीहरू हप्तौँदेखि साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका छन् । ब्राजिललाई स्टपओभर बनाएर त्यहाँबाट अमेरिका वा क्यानडा जाने भनेर ती आप्रवासी सो विमानस्थलमा ओर्लिएका थिए । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षापछि अवस्था झन् खराब बन्दै गएको छ ।

के हो मामिला ?

सोमबारदेखि ब्राजिलको भिसा नभईकन कुनै अन्य देशमा जाने विदेशी यात्रुहरूले ब्राजिल नओर्लिकन सिधै आफ्नो गन्तव्यमा यात्रा गर्नुपर्ने वा आफ्नो देश फर्किनु पर्ने भन्दै ब्राजिलको सार्वजनिक सुरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको थियो । अमेरिका र क्यानडा जाने यात्रुहरूले ब्राजिललाई स्टपओभरको रूपमा प्रयोग गर्ने क्रम बढेपछि बिनाभिसा साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न नदिन यो नियम ल्याइएको हो । यो नियम साओ पाउलोमा पहिलादेखि नै बसिरहेका आप्रवासीका लागि लागू हुन्छ कि हुँदैन भन्ने चाँहि स्पष्ट भएको छैन ।

एक आप्रवासीको मृत्यु

दुई हप्ताअघि घानाबाट आएका एक जना ३९ वर्षीय आप्रवासी अज्ञात कारणले मृत्यु भएको पब्लिक डिफेन्डरको कार्यालयका प्रवक्ताले भनेका छन् । ती व्यक्तिको मृत्यु विमानस्थलमा बस्दाखेरि भएको हो कि अस्पताल लैजाँदै गर्दा भएको हो भन्ने खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार कम्तीमा ६६६ आप्रवासीहरू बिना भिसा ब्राजिल प्रवेश गर्न ग्वारुलहोस् विमानस्थलमा पर्खिरहेका छन् । यस्तोमा सरकारले विदेशीलाई अमेरिका र क्यानडा जान ब्राजिललाई स्टपओभरको रूपमा प्रयोग गर्नबाट रोक्न प्रवेश नियम कडा बनाउने योजना बनाएको हो ।

आप्रवासीहरूलाई निषेधित क्षेत्रमा राखिएको छ । यो ठाउँमा नुहाउने, खाने र सुत्ने व्यवस्था समेत राम्रो नभएको बताइएको छ । साना बालबालिका र किशोर/किशोरीहरू जाडोमा कम्बल बिना बस्न बाध्य भएको बताइएको छ । आप्रवासीहरूको मानवअधिकार उल्लङ्घन भइरहेको भेटिएको भन्दै यसले ती व्यक्तिका स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको पब्लिक डिफेन्डरको कार्यालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप