त्रिविमा गरिएको राजनीतिक हस्तक्षेपका विरुद्धमा अखिलद्वारा प्रदर्शन
काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक हस्तक्षेप तथा सरकार संरक्षित गुण्डागर्दीविरुद्ध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)को विश्वविद्यालय समितिले आइतबार उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा अखिल (क्रान्तिकारी) का विश्वविद्यालय तथा सीटीइभीटी इन्चार्ज उषाकिरण आजादले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र गुण्डागर्दी बन्द गर्नुपर्ने बताए ।
वर्तमान केपी शर्मा ओली सरकारले त्रिविमा गरेको राजनीतिक हस्तक्षेप र गुण्डागर्दी बन्द नगरे आफूहरू त्यसका विरुद्ध संघर्ष गर्ने उनले चेतावनी दिए ।
त्रिविमा सेमेस्टरको नाममा विद्यार्थीहरूलाई लुट्ने तर सुविधाहरू नदिने, नियमित परीक्षा हुन नसक्ने र नतिजा पनि समयमै निकाल्न नसक्ने, विद्यार्थीहरूलाई चिट चोराउने जस्ता कार्यलाई विद्यार्थी नेता र प्राध्यापकहरूले नै प्रशय दिएको उनले बताए । त्यसका विरुद्ध आफूहरूले जस्तोसुकै कदम चाल्ने उनले बताए ।
अखिलले कब्जा गरिएको त्रिविको जमिन खाली गर्न ७२ दिनको अल्टिमेटम समेत दिएको छ । त्रिविको जमिन खाली नगरे त्यसलाई खाली गर्न आफ्नो संगठनले कडा कदम चाल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट