बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

क्यालेण्डरअनुसार खेलकुदका गतिविधि भए राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ : मन्त्री चौधरी

आइतबार, ०९ भदौ २०८१, १९ : ४०
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थानीय तहले क्यालेण्डर प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।  आइतबार मन्त्रालयमा काठमाडौँ उपत्यकाभित्रका नगर प्रमुखहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

मन्त्री चौधरीले क्यालेण्डर बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्दा ग्रासरुटबाटै खोलाडीहरु उत्पादन गर्न सकिने बताए । उनले विद्यालयहरूमा क्यालेण्डरअनुसार खेलकुद भए राम्रो खेलाडीहरू उत्पादन गर्न सकिने स्पष्ट पारे । 

मन्त्री चौधरीले स्थानीय तहले नै खेलकुदका विभिन्न गतिविधिहरू सञ्चलन गरिरहेको तर संघ सरकारले स्थान र पुरस्कारको मात्रै व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छलफलपछि जानकारी मिलेको बताए । 

उनले भने, ‘प्रतियोगिताहरूको क्यालेण्डर बनाएर र हाइस्कुल स्तरमा गर्नसके वर्षको दुई तीन वटा प्रतियोगिता गर्नसके त्यसले पनि ग्रासरुटको खेलाडीहरू उत्पादन गर्छ । हामीले ठाउँ र उनीहरूको पुरस्कारको व्यवस्थापन गर्ने हो, अरू कुरा त नगरपालिकाले आफैँ गर्दो रहेछ । जबसम्म प्रतियोगिता हुँदैन, प्रतिस्पर्धा हुँदैन, खेलाडीहरू अघि बढ्न सक्दैनन् ।’

मन्त्री चौधरीले सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप