यमनमा डुंगा पल्टिँदा १३ जना मरे, १४ जना बेपत्ता

सना । यमनमा आप्रवासीहरू सवार एउटा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । डुंगा यमनको तटनजिक पल्टिएको हो ।
डुंगामा सवार अन्य १४ जना बेपत्ता रहेको बताइएको छ । आप्रवासीहरू सवार सो डुंगा यमनको तटमा पल्टिएको भन्दै यमनको ताइज गभर्नेटले भनेको भन्दै अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले आइतबार एक विज्ञप्तिमा भनेको हो । २५ जना इथोपियाली नागरिक र २ यमनी नागरिकलाई बोकेर जिबुटीबाट डुंगा हिँडेको बताइएको छ ।
डुंगा बानी अल–हाकम उपजिल्लाको दुबाब जिल्ला नजिक डुबेको आईओएमले भनेको छ । मृत्यु हुनेमा ११ जना पुरुष र दुई महिला भएको पुष्टि भएको छ । अरू बेपत्ताको खोजी जारी रहेको बताइएको छ ।
बेपत्ता हुनेमा यमनी क्याप्टेन र उनको सहायक रहेको बताइएको छ । डुंगा डुब्नुको कारण पत्ता लागेको छैन । पछिल्लो समय आप्रवासीहरू चढेको डुंगा पल्टिएका घटनाहरू एक पछि अर्को गर्दै आइरहेका छन् । जुन र जुलाईमा पनि यस्तै खालको घटना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु