बंगलादेशमा शेख हसिनाका निकटस्थमाथि कारबाही हुँदै

ढाका । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधबाट सुरु भएर शेख हसिनाको राजीनामासम्म पुगेको हिंसात्मक आन्दोलन अहिले रोकिएको छ । तर त्यहाँ तनाव भने कायमै छ ।
विरोध प्रदर्शन चर्किर्दै गएपछि पूर्वप्रधानमन्त्री हसिनाले त ज्यान जोगाउन राजीनामा दिएर भारत गइन् । तर उनले देश छाडेपछि उनी निकटस्थहरूलाई कडा कारबाही भइरहेको छ । प्रहरीले अवामी लिगका धेरै पदाधिकारी र हसिनाको अपदस्थ सरकारका मन्त्रीमाथि कडा कारबाही गरिरहेको छ । अब यो सूचीमा देशका पूर्वकपडा तथा जुटमन्त्री गुलाम दस्तगीर गाजीको नाम पनि थपिएको छ ।
प्रहरीले आइतबार झिसमिसे बिहान हुनु अगाडि नै ७६ वर्षका गाजीलाई पक्राउ गरेको छ । स्थानीय पत्रिका पल्टनले प्रहरी चौकीका इन्चार्ज मुल्ला मोहम्मद खालिद हुसेनलाई उद्धृत गर्दै बताए अनुसार गाजीलाई राजधानी ढाकाको पियरगोली क्षेत्रको एउटा घरबाट बिहान ३ बजेतिर समातेर लगेको थियो । त्यसपछि ढाका महानगरीय प्रहरीले गाजीलाई गुप्तचर शाखा (डीबी)को कार्यालयमा लगेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् । गाजीलाई पक्राउ गर्नुको विशेष कारण खुलाइएको छैन ।
तर गाजी र हसिनासमेत १०५ जनामाथि रुपगञ्ज प्रहरी थानामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । शनिबार ढाकाको एक अदालतले निजी उद्योग सल्लाहकार सलमान एफ रहमान, पूर्वकानून मन्त्री शिन हक, पूर्वसामाज कल्याण मन्त्री दिपु मोनी समेतका चर्चित व्यक्तिलाई मृत्यु मामिलामा सोधपुछका लागि हिरासतमा लिएको थियो । यी तीन बाहेक पूर्वप्रमुख सचेतक एएसएम फिरोज र पूर्वसैनिक अधिकृत मेजर जनरल जियाउल अहसानलाई पनि हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?