विद्युतीय प्रणालीमा १९ लाखभन्दा बढी कृषक घरधुरी सूचीकृत
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जनाएको छ । आइतबार पत्रकारसँगको भेटघाटमा मन्त्री रामनाथ अधिकारीले देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जानकारी गराएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । जहाँ ४ लाख १८ हजार ८६ किसान सूचीकृत भएका छन् । मधेस प्रदेशमा ३ लाख १६ हजार ९५०, बागमती प्रदेशमा २ लाख ९३ हजार, गण्डकी प्रदेशमा १ लाख ९४ हजार ६८४, लुम्बिनी प्रदेशमा ३ लाख ३६ हजार ४२१ कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । त्यसैगरि कर्णाली प्रदेशमा १ लाख ८० हजार ६३७ र सुदूरपश्चिम प्रदेशमा २ लाख ३३३ किसान सूचिकृत भएका छन् ।
मन्त्रालयले असोज मसान्तसम्म किसान सूचीकरण २१ लाख पुर्याउने र आर्थिक वर्ष २०८१÷८२ मा ३० लाख किसान सूचीकरणको लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?