किसानको पैसा दसैँ अगाडि दिने मन्त्रालयको तयारी
_hivaZrZ1aW.jpg)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम दसैँअघि उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रालयमा आइतबार पत्रकारसँग भेटघाट क्रममा दुध र उखुको बाँकी रहेको रकम दसैँ अगावै किसानलाई उपलब्ध गराउने तयारी रहेको मन्त्री रामनाथ अधिकारीले बताए ।
‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ,’ उनले भने, ‘दसैँअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ ।’ उखु किसानले मन्त्रालयले १ अर्ब ३० करोड रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । मन्त्रालयले स्थानीय उत्पादन नलिने तर बाहिरबाट उखु र उखुजन्य कुरा खरिदलाई निरुत्साहित गर्ने गरी कार्य गर्ने जनाएको छ ।
यस्तै, दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन शुरु भएको छ । भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानलाई उपलब्ध गराउने मन्त्री अधिकारीले बताए । उनले दुधको रकम भुक्तानी गर्ने दीर्घकालीन समाधान गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा