कीर्तिपुरमा ६ लाख रुपैयाँ बराबरको चोरी
आइतबार, ०९ भदौ २०८१, १८ : १४

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ गाम्चामा चोरी भएको छ । ५३ वर्षीया रोजिना खड्कीको घरबाट कोही नभएको अवस्थामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार सुनको नेक्लेश १ थान, मोती माला १ थान, सुनको सिक्री ३ थान, सुनको मंगल सूत्र १ थान, सुनको औँठी ४ थान, ल्यापटप १ थान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ – नेपाली कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति
-
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिए राजीनामा
-
गन्तव्य बिचपानी