मन्त्रालयबाट अनुदान लैजानेको नाम सार्वजनिक गरिन्छ : मन्त्री अधिकारी
आइतबार, ०९ भदौ २०८१, १८ : ११
![मन्त्रालयबाट अनुदान लैजानेको नाम सार्वजनिक गरिन्छ : मन्त्री अधिकारी](https://npcdn.ratopati.com/media/news/ramnath-adhikari_cKxNGTME0g.jpg)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अनुदान लैजानेको नाम सार्वजनिक गर्ने बताएका छन् । मन्त्रालयमा पत्रकारसँगकाे भेटघाटमा बोल्दै उनले कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लैजानेको नाम सार्वजनिक गर्ने बताएका हुन् ।
‘कृषि अनुदानमा रहेको दोहोरोपना हटाउनेको साथै कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लानेको नाम सार्वजनिक गर्ने छ,’ उनले भने, ‘अनुदान कुम्ल्याउने तर जरो किलो पनि नहुनेलाई कानुनको दायरामा ल्याइनेछ ।’
मन्त्री अधिकारीले कृषि पेसा टिकाउनका लागि मन्त्रालयले प्राविधिक सेवालाई तीनै तहबाट विस्तार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने