उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ ः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन्। आइतबार दसौँ महाधिवेशनपछि आयोजित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘सम्भवतः आगामी मङ्सिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्याङ्कन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’
साथै उनले अरू पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताए । उनले प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु बताए ।
उनले भने, ‘ गर्वका साथ हामीले भन्नुपर्छ, हामीले आफ्ना कुराहरूमा गौरवबोध भएर बस्नुपर्छ ताकी हीनताबोध भएर केही गर्न सक्दैनौँ । प्राय हाम्रो पार्टी पङ्त्तिहरुमा गुनासाहरू बढी सुन्ने गर्छु, अरूले हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट हामी चिन्तित हुने गर्छौँ, हामी त्यसको प्रतिकार गर्दै गर्दैनौँ,मुखभरिको जवाफ दिने गर्दैनौँ, त्यो आत्मविश्वासको कमी पनि हो । हामीमा आत्मविश्वासको कमी छ, हामीमा डिफेन्सिभ मानसिकता छ, डिफेन्सिभ मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन सक्दैन । ’
फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको पनि बताए । सत्तारुढ काँग्रेस र एमाले अपारदर्शी ढङ्गले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् ।
उनले सरकारमा सहभागी नभएका दलहरूको सङ्ख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्ने कुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो । उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्याए । उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे ।
अध्यक्ष नेपालले भने ‘यो समीकरण रातारात परिवर्तन भयो । कसरी मान्छेहरूलाई झुक्क्याइँदो रहेछ । हुन त सबै झुक्किँदा रहेनछन् । धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन् । यो सत्ता समीकरण परिवर्तन गर्नेहरूको राम्रो उद्देश्य थियो ? राम्रो देखिँदैन । संविधान संशोधन गर्ने उद्देश्य थियो ? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ ? त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन ? सार्वजनिक बहसको विषय बनाउनु पर्दैन । त्यसो हुनाले यो जुन हिसाबले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के ? बुझ्न सकिएको छैन । त्यो हुनाले अहिले नै म धेरै टिप्पणी गर्न चाहन्न । पहिले विषयवस्तुहरू आओस्, कुराहरू आओस् । तर हाम्रो सहभागिता बिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ । त्यो सम्भव छैन । हाम्रो सङ्ख्याले पनि दिँदैन म भन्छु तपाईँहरूलाई । हाम्रो सङ्ख्या र त्यसमा सहभागी नभएकाहरूको सङ्ख्याले यो संविधान संशोधन गर्न दिँदैन । त्यो हुनाले हाम्रो सहभागिता विना त्यो उपाय नै छैन । हाम्रो सहभागिताको सन्दर्भमा आउनुहोस्–बसेर छलफल गरौँ । विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समीक्षा गरौँ । पुराना संविधानको प्रावधानलाई पनि समीक्षा गरौँ । संसारको अरू देशको संविधानलाई पनि हेरौँ । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौँ । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ ? सुधार आवश्यक छैन होइन, जरुरी छ । तर सुधार गर्दा खेरी समग्र पक्षलाई नसोची गर्दा खेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसाबले अगाडि बढाउन खोजिएको छ । त्यो बडो सन्देशस्पद छ । फेरि दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ । त्यो नेपालमा सम्भव छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म