लेखा समिति बैठक
डेडिकेटेट ट्रक लाइन महसुल विवाद : लेखा समिति अनिर्णीत
आइतबार, ०९ भदौ २०८१, १७ : २३

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा निर्णय गर्ने बेला विवाद भएपछि डेडिकेटेट ट्रक लाइन महसुल विवादमा कुनै पनि निर्णय हुन सकेन । आइतबार बसेको बैठकमा छलफल भए पनि निर्णय गर्ने बेलामा विवाद भएपछि कुनै निर्णय नगरी सकिएको र अर्को बैठकमा पुन छलफल हुने समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
समितिले आजको बैठकमा निर्णय गर्ने भनी ६ बुँदा तयार गरेको थियो । तर सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने देखि अख्तियारमा लेखि पठाउनेसम्मका कुरामा असहमति राखेर विरोध गरेपछि निर्णय गर्न नसकेको हो । समितिमा माओवादी र नेपाली काग्रेसका सांसदहरूले सभापति पोखरेलले तयार पारेको ६ बुँदे निर्देशनमा असहमति राखेका थिए । सभापति पोखरेलले २१ अर्ब रुपैयाँ असुल गर्नु भनी निर्देशन दिने तयारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित