मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

‘यति समयभित्र मुद्दा फैसला गरिसक्नुपर्छ’ भन्ने कानुन बनाऔँ :  सांसद घर्ती

आइतबार, ०९ भदौ २०८१, १७ : १८
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले अदालतमा परेको मुद्दाको छिनोफानोका लागि समय तोक्ने गरी कानुन निर्माण गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विविध शीर्षक अन्तर्गतको समयमा बोल्दै सांसद घर्तीले अदालतमा परेका मुद्दाको छिनोफानो गर्ने समय तोक्ने कानुन हुनुपर्ने बताए । 

एउटै मुद्दा २० वर्षसम्म अदालतले नहेर्ने अवस्था रहेको बताउँदै मुद्दा कति समयभित्र छिनोफानो गर्ने हो त्यसका लागि संसद्ले कानुन बनाउनुपर्नेमा जोड दिए । उनले मुद्दा दायर गरेको मान्छे मुद्दा फैसला नहुँदै बितिसक्ने अवस्था रहेको र अदालतलाई मुद्दा हेर्ने समय तोक्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप