लेखा समितिमा सांसद र सभापतिको नोकझोक : सिधै भन्नुस् न कुलमानमाथि कारबाही गर्छौ ?

काठमाडौँ । डेडिकेटेड ट्रक लाइन महशुल असुल गर्ने विवादमा लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र सांसदहरूका बिचमा नोकझोक भएको छ। छलफलपछि निर्णय गर्ने बेलामा केही सांसद र सभापतिका बिचमा विवाद भएको हो ।
सभापति पोखरेलले छलफलपछि ६ बुँदामा निर्देशन दिन खोजेका थिए । उनले अघिल्लो पटक गठन भएको मिनेन्द्र रिजालको समितिको प्रतिवेदन कार्यान्वयनदेखि महालेखा परीक्षकको २१ औँ प्रतिवेदनले औँल्याएको २१ अर्ब असुल गर्न निर्देशन दिने तयारीमा थिए । तर केही सांसदहरूले यस्तो निर्देशन दिन नहुने भनेपछि विवाद भएको हो । माओवादी सांसद अमनलाल मोदीले नाम नै लिएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारबाही गर्ने भन्नुस् भनी चुनौती नै दिए ।
अर्जुननरसिंह केसी : समितिमा परेका उजुरी अख्तियार नपठाउँ पहिले छलफल गरौँ अनि निष्कर्षमा पुगौँ ।
देव तिमसिना : अहिले पैसा मात्र उठाउने निर्णय गरौँ।
सभापति पोखरेल : त्यसो भए बेइमानी प्राधिकरण नहेर्ने त ?
अमलाल मोदी : तपाईं सिधा भन्नु न कुलमानलाई कारबाही गर्छु भनेर ? हामीले पटक पटक अख्तियारमा लेखेर पठाएका छौ । तपाईँले नलेखे पनि कुलमानलाई कारबाही गरौँ भनिरहनु भएको छ। हामी चैँ सहमत छैनौ ।
लेखा समितिमा यो विवाद जारी रहेको छ। समिति सभापति भने निर्णय गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा