उद्योगमन्त्री भण्डारीद्वारा नेपाल औषधी लिमिटेडको कार्यालय निरीक्षण
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइतबार नेपाल औषधी लिमिटेडको कार्यालय निरीक्षण गरेका छन् । उद्योग सचिव कृष्णबहादुर रावतसहित लिमिटेडको कार्यालय बबरमहल पुगेका मन्त्री भण्डारीले औषधीको उत्पादन तथा भण्डारण, औषधीको गुणस्तर निर्धारण, सरकारी र प्राइभेट क्षेत्रमा बिक्री वितरणको अवस्था तथा ल्याव सञ्चालनको अवस्थाका विषयमा जानकारी लिएका छन् ।
निरीक्षणका क्रममा उनले लिमिटेडका अध्यक्ष र कर्मचारीहरूसँग संक्षिप्त अन्तरक्रिया समेत गरेका छन् । अन्तरक्रियाका क्रममा मन्त्री भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडलाई पर्याप्त मात्रामा औषधी उत्पादन गरी बिक्री वितरण गरेर अपेक्षा अनुसारको राजश्व संकलन गर्न निर्देशन दिए।
कम्पनी लिमिटेड सञ्चालनमा रहेका नीतिगत समस्या समाधानका लागि आफूले सहजीकरण गर्ने बताउँदै संरचनाको उचित प्रयोग गरी कम्पनीलाई नाफामा ल्याउन निर्देशन दिए ।
यसक्रममा लिमिटेडका तर्फबाट नीतिगत समस्याहरूको विषयमा जानकारी गराइएको छ । लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार लिमिटेडलाई उद्योग मन्त्रालयका साथै स्वास्थ्य र अर्थ मन्त्रालयको समेत सहयोग आवश्यक रहेकाले यसको लागि समन्वय गरिदिन आग्रह गरे ।
यस विषयमा मन्त्री भण्डारीले सहजीकरणका लागि आफू तयार रहेको बताए । लिमिटेडका सबै समस्याहरू व्यवस्थित रूपमा लिएर मन्त्रालयमा आउन समेत उनले निर्देशन दिए । उनले नीतिगत झण्जट हटाउने विषयमा सरकार प्रतिवद्ध रहेको बताए । उनले उत्पादन भएको औषधी बिक्री वितरणका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग समेत समन्वय गरिने आश्वासन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिने चेतावनी
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
-
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
-
इरानमा सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड