महिला संघको तिजलाई लिएर कास्कीमा भाँडभैलो, प्रदेश सभापतिलाई कारबाहीको माग
पोखरा । शुक्रबार पोखराको दीपसागर पार्टी प्यालेसमा नेपाल महिला सङ्घ कास्कीले तिजको दरखाने कार्यक्रम आयोजना ग-यो । कार्यक्रमको प्रमुख अतिथि थिए, कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा ।
शनिबार महिला सङ्घ कास्कीले नै अर्को दरखाने कार्यक्रम ग¥यो, विन्ध्यावासिनी पार्टी प्यालेसमा । प्रमुख अतिथि थिए, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
महिला संघको केन्द्रीय समितिले आधिकारिक पत्र पठाएको महिला सङ्घ मिना पाण्डेले नेतृत्व गर्छिन् । उक्त समिति विरुद्ध गठन भएको अर्को समिति छ, सारदा गिरी नेतृत्वमा । शुक्रबारको कार्यक्रम शेखर समूहको महिला संघको हो भने, शनिबारको कार्यक्रम पाण्डे नेतृत्वको । पार्टीको आधिकारिक महिला सङ्घ हुँदा हुँदै समानान्तर समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेका शर्मालाई कारबाही गर्नुपर्ने कास्की कांग्रेस सभापति किशोरदत्त बरालको माग छ ।
महिला संघको केन्द्रीय सभापति र केन्द्रीय समितिको निर्णय नमान्नेलाई स्पष्टीकरण सहित कारबाही गर्नुपर्ने उनको माग छ । ‘मेरो गुनासो छ गण्डकी प्रदेश समितिको नेतृत्वप्रति । नेतृत्वले जे मन लाग्यो त्यही गर्न पाइँदैन । कांग्रेसको विधानको विपरीत कार्य गर्ने अधिकारी कसैलाई छैन,’ उनले भने, ‘या हिजोको कार्यक्रम अवैध थियो, या आजको कार्यक्रम अवैध थियो केन्द्रीय सदस्यहरूले जवाफ दिनुपर्छ । या उषा रावतले बनाएको मिना पाण्डे अवैध हो, या उषा राउत अवैधानिक हो मलाई जवाफ चाहियो, कांग्रेसको विधानलाई लातले हान्ने अधिकार कसैलाई छैन ।’ शर्माको नाम सीधै नलिएका उनको पटाक्षेप उनै शर्मा लक्षित थियो ।
गुटलाई प्रश्रय दिने काम केन्द्र र प्रदेशका नेताहरूबाटै भएको उनको आरोप छ । ‘देखिन मन थियो होला नि । सभापति आउनुभयो भनेर मलाई पनि केही राम्रो हुन्थ्यो होला नि त व्यक्तिगत रूपमा सोचेको भए,’ उनले भने, तर सङ्गठनको रूपमा सोच्दा त्यो सङ्गठन प्रतिको बेइमानी थियो । नेपाली काँग्रेसको विधान प्रतिको बेइमानी थियो । काँग्रेसको केन्द्रीय समितिले गरेको निर्णयका विरुद्ध थियो । त्यसकारण म जान सकिनँ ।’
उनले हुलको पछाडि चल्दा सङ्गठन विधि विपरीत अघि बढ्ने चेतावनी दिए । ‘जता हुल छ, त्यता जाने प्रवृत्ति राम्रो होइन । अवैधानिक कुरालाई अवैधानिक हो भनेर भन्न सक्ने हिम्मत पार्टीका जिम्मेवार नेताहरूले गर्नुभएन भने महिला संघको गुटको जिम्मेवारी लिने कुरा अत्यन्त डरलाग्दो कुरा पनि साथीहरूले गर्नुपर्छ,’ उनले भने, ‘महिला सङ्घ मैले कसरी मिलाउन सक्छु ? केन्द्रका नेताहरू २ वटा महिला सङ्घ बनाएर पठाउनुहुन्छ । शेखर कोइरालाको कोठाबाट अर्को महिला सङ्घ बन्छ । कांग्रेसको केन्द्रीय कार्यसमितिबाट अर्को महिला सङ्घ बन्छ । कास्कीमा गण्डकी प्रदेश कार्यालयबाट अर्को महिला सङ्घ बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर कप टेबलटेनिस सुरु
-
नेपालको यात्रा एक कांस्यमा सीमित
-
औद्योगिकीकरणले मुलुकको विकासमा टेवा : उपप्रधानमन्त्री सिंह
-
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको अर्को मनोमानी : आफूखुसी २ जनालाई प्रोफेसरमा नियुक्त
-
सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा
-
भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज