सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद् बैठक निर्णयमा पुग्न सकेन
काठमाडौँ । रिक्त सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठक विना निष्कर्ष सकिएको छ। प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकमा न्यायाधीशको नाममा सहमति नभएपछि विना निष्कर्षमा टुङ्गिएको परिषद् स्रोतले जनाएको छ।
आजको बैठकमा सहमति भएको भए सर्वोच्च नत्र उच्च अदालतका १६ न्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको थियो । तर परिषद्भित्र सिफारिस हुने नामहरूमा एकमत हुन नसकेपछि अर्को दिन बस्ने गरी सकिएको परिषद्का एक सदस्यले बताए ।
प्रधान न्यायाधीश श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश, न्याय समूह, कानुन समूह ,सरकारी वकिल र कानुन व्यवसायी सबैलाई समेट्दै उच्च अदालतका न्यायाधीश सिफारिस गर्ने सूची तयार गरेको थियो । तर कानुनमन्त्री र अन्य सदस्यहरुले कानुन व्यवसायीको हकमा पनि अलि धेरै कोटा माग गरेपछि सिफारिस हुन नसकेको र केही दिनमा पुन बस्ने परिषद्का ती सदस्यले बताए ।
लामो समयदेखि सर्वोच्च अदालतमा न्यायाधीश रिक्त भएर मुद्दाको चाप भएपछि परिषद्ले उच्चमा भागबन्डा गर्दै नियुक्ति गर्ने तयारी गरेको थियो । सर्वोच्चको हकमा पनि कानुन व्यवसायीलाई दिने कोटा नमिल्दा रोकिँदै आएको छ।
परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत सबै नियुक्ति क्याडर जज अर्थात उच्च अदालतका मुख्य न्यायाधीश सर्वोच्चमा ल्याउने पक्षमा छन् भने कानुन मन्त्री अजयकुमार चौरासिया र दुई सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ यसपटक बारलाई आधा दिनुपर्ने पक्षमा छन् । यो कुरा नमिल्दा सर्वोच्चको नियुक्ति रोकिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?