भलिबलको मुख्य प्रशिक्षकमा भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा योन्जन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका योन्जन यसअघि सिराह जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यसैगरी, भलिबलको मुख्य प्रशिक्षकमा जगदीस भट्टलाई नियुक्त गरिएको जानकारी राखेपअन्तर्गत प्रचारप्रसार शाखाले दिएको छ । २०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रज्वलमान सिंहले उमेरहदका कारण अवकाश पाएपछि भट्टलाई उक्त जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए । राखेपका सदस्यसचिव टंकलाल घिसिङले दुबैजनालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै आगामी दिनमा तेक्वान्दो र भलिबल खेलले थप गति लिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १९ गते संघीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन