वार्षिक १०० कामदार नपठाउने मेनपावरको अनुगमनपछि मात्रै नवीकरण गरिने

काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (मेनपावर) लाई नवीकरणका लागि आह्वान गरेको छ । विभागले नवीकरण दस्तुर बुझाई नवीकरणका लागि आवेदन पेस गर्न भनेको हो ।
त्यस्ता मेनपावर व्यवसायीहरूको विभागले अनुगमन गरेर मात्रै नवीकरण गर्ने जनाएको छ । यसअघि आवेदन गरिसकेकाको हकमा पुनः आवेदन पेस गर्नु नपर्ने समेत जनाएको छ ।
लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने मेनपावर संस्थाको नवीकरण नगर्ने कानुनी व्यवस्था छ । तर, विगत चार वर्षदेखि मन्त्रिपरिषदबाट निर्णय गरेर बाधा अड्काउ फुकाउमार्फत मेनपावर व्यवसायीको नवीकरण गर्दै गरिँदै आएको छ ।
२०८१ साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउमार्फत नवीकरण गर्ने निर्णय गरेको थियो । नवीकरण गर्नुअघि ती संस्थाहरूको अनुगमन गरिने निर्णय गरेको थियो । सोही आधारमा विभागले नवीकरणका लागि आवेदन माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
-
पूर्वराजाको ‘भान्जा हुँ’ भनेर ठग्ने सिंह गए जेल
-
रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु
-
नेविसंघद्वारा स्ववियु निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
-
क्याम्ब्रिज विश्वविद्यालयले अङ्ग्रेजी परीक्षालाई कसरी मर्यादित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति
-
भोलि उपभोक्ता अदालत उद्घाटन हुँदै