लेखा समितिका सभापतिमाथि प्रश्न उठाएपछि बाँस्कोटाले भने– राष्ट्रिय सभाको अध्यक्ष पनि फेरौँ

काठमाडौँ । प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि सांसदहरूले प्रश्न उठाएपछि नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले बचाउ गरेका छन् ।
उनले सभापति र समितिमाथि आक्रमण नगर्न समेत आग्रह गरे । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने प्रश्न उठेपछि बाँस्कोटाले राष्ट्रिय सभा अध्यक्ष नै फेर्न माग गरे ।
‘हिजो एमाले प्रतिपक्षमा हुँदा हाम्रो विमति थियो । हिजो अदालतले सरकार बनाएको थियो, हाम्रो विमति थियो । तत्कालीन समयमा सभापति फेरौँ भनेर मैले कुरा उठाएको हो,’ उनले भने, ‘ आज परिस्थिति राजनीतिक सहमतिको हो । लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष फेरौँ । प्रतिनिधि सभाको उपसभामुख फेरौँ अनि यहाँ पनि फेरौँ ।’ उनले सबै समितिको सभापतिमा चुनाव गरौँ, तयार हो ? भनि प्रश्न उठाए ।
समिति सभापतिमाथि बारम्बार हमला नगर्न भन्दै उनले सभापति चाहिएको भए राजनीतिक सहमति खोज्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु