इजरायली आक्रमणबाट लेबनानमा ३ जनाको मृत्यु

बेरुत । इजरायली आक्रमणमा परेर लेबनानमा तीन जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बताएअनुसार देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको हो ।
इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका लडाकुहरू बस्दै आएको ठाउँलाई निशाना बनाएर आक्रमण गरेको थियो । लेबनानको दक्षिणी सहर खियाममा कारमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले गरेको आक्रमणमा तिरी गाउँमा थप दुई जनाको मृत्यु भएको एक छुट्टै विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भएको क्षतिबारे थप जानकारी दिइएको छैन ।
यसअघि हिजबुल्लाहले इजरायली आक्रमणमा शिया अमल आन्दोलनका एक लडाकुको मृत्यु भएको पुष्टि गरेको थियो । हिजबुल्लाह र इजरायलबिच अहिले तनाव बढेको छ ।
इजरायलले हिजबुल्लाह कयौँ किल्लालाई लक्षित गरी हवाई हमला गरेको छ । यसको प्रतिकारमा हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
-
गणतन्त्रमाथि आक्रमण हुन थाल्यो, पत्रकारले संरक्षण गर्नुपर्छ– ऊर्जामन्त्री खड्का
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन