लेखा समितिका सभापतिको चुनौती– आफ्नै नेताहरूलाई गएर भन्नुस्
आइतबार, ०९ भदौ २०८१, १६ : ०८

काठमाडौँ । सांसदहरूले आफूमाथि लक्षित गरेर पटकपटक प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रश्न उठाउने सांसदहरूलाई आफ्नै पार्टीका सभापति वा अध्यक्षलाई गएर भन्न चुनौती दिएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन महसुस विवादमा छलफल राखिएकोमा सांसदहरूले सभापतिमाथि धेरै प्रश्न उठेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मलाई किन सभापतिमा बसेको भनेर भन्नुभयो । यही कुरा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा वा केपी शर्मा ओलीलाई भन्नुस् ’ ,उनले भने, ‘ यहाँ किन मलाई दोहोर्याइ दोहोर्याइ भनिरहनु भएको छ ।’
उनले छाती फुलाएर यहाँ भन्नु भन्दा आफ्नै अध्यक्षको अगाडि एक घण्टा भाषण गर्न पनि आग्रह गरे ।
‘म कुनै राजनीतिक दलमा निवेदन हालेर सभापति बन्न आएको होइन, ’ उनले भने, ‘राजनीतिक निर्णय मान्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना