कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने
आइतबार, ०९ भदौ २०८१, १५ : २८

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने जानकारी दिएका हुन् ।
किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सो रकम दसैँ अगाडि भुक्तानी गर्ने मन्त्री अधिकारीले बताए ।
डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ