सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : मोदी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने बताएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै उनले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने भन्दै यसमा किन्तु परन्तु केही नभएको बताएका हुन् ।
यसअघि समितिको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुने एमालेलाई थाहा भएको बताएका थिए । ७९ को निर्वाचन सभापति चयन गर्दा दलहरूबिच सहमतिमा बाँडफाँट भएको भन्दै पुनः अर्को सहमति भए एमालेले लेखा समिति सभापति छाड्ने बताएका थिए ।
त्यसको जवाफमा मोदीले भने, ‘एमाले सरकारबाट निस्किएपछि प्रतिपक्षका सांसदका रूपमा ऋषिकेश पोखरेललाई सभापति दिएको हो । एउटा कालखण्डमा कसैले अपराध गल्ती गर्यो भने त्यसरी नै जाने हो त ?’
सांसद मोदीले लोकतन्त्रमा सबैभन्दा सुन्दर पक्ष गल्ती दोहोर्याउने भन्दा सच्याउने रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा