समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको बताएका छन् । पार्टीको पूर्ण कमिटीको बैठकमा बोल्दै उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका हुन् ।
उनले भने, ‘विश्व परिस्थिति सङ्गिन ढङ्ग बढिरहेको छ । साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् । समाजवादी शक्ति जति शक्तिशाली हुँदै जान्छन्, त्यस्ता शक्तिहरू त्यति नै डराउँछन् ।’ ‘त्यही भएर उनीहरूले युक्रेन युद्धको सुरुवात गरे । युक्रेनमा रुसले आक्रमण गरेकोभन्दा पनि युक्रेनलाई प्रयोग गरेर साम्राज्यवादीहरूले रुसकाविरुद्ध षडयन्त्र सुरु गरे । रुसलाई त्यहाँ सैनिक कारबाही गर्न बाध्य बनाइयो,’ खनालले भने, ‘युक्रेनलाई युद्ध मैदान बनाए । यो युद्ध एक कदम अगाडि बढ्यो भनेर विश्वयुद्ध सुरु हुन्छ भन्ने त्राससमेत फैलिन थालेको छ । यता मध्यपूर्वमा पनि युद्ध चर्केको छ ।’
विद्रोह गरेर यो पार्टी स्थापना गरेको ३ वर्ष पुगेर चौथो वर्षमा प्रवेश गरेको उनले जानकारी दिए । उनले तीन वर्ष सजिला वर्षहरू नरहेको पनि जिकिर गरे । उनले भने, ‘उतारचढावहरूका साथमा यो पार्टीलाई गठन गर्ने, विकास गर्ने तथा विस्तार गर्ने र पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपमा अघि बढाउन काममा हामी निरन्तर लाग्दै आयौँ ।’
खनालले पार्टीबारे अनेक प्रकारका वैचारिक आक्रमण भइरहे पनि तथा प्रतिक्रियावादीहरूका अनेक षडयन्त्रहरू भए पनि ती सबै कुराहरूलाई चिर्दै, तिनीहरूको प्रतिकार गर्दै पार्टी लगातार अघि बढ्दै आइरहेको जिकिर गरे । १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु भनेको पार्टीको ऐतिहासिक सफलता भएको उनको भनाई थियो ।
‘महाधिवेशनका नीतिहरू र सिद्धान्तहरूलाई पनि हामीले संस्थागत गरेका छौँ । यो नेतृत्व पनि संस्थागत भएको छ । अब ऐतिहासिक अभिभारहरू पूरा गर्नुपर्नेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
राजेन्द्र भण्डारीका तीन कविता