शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

मानव मस्तिष्कभित्र बढ्दैछ प्लाष्टिक कणको मात्रा

आइतबार, ०९ भदौ २०८१, १४ : ३१
आइतबार, ०९ भदौ २०८१

वाशिङटन डीसी । मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कणको मात्रा बढेको एक अध्ययनले देखाएको छ । सन् २०२४ को शुरुमा अटोप्सीमार्फत मानव मस्तिष्कको केही नमुना संकलन गरिएको थियो । आठ वर्ष अघि संकलन गरिएको नमुनाको तुलनामा यस पटक मस्तिष्कको नमूनामा बढी प्लाष्टिकका टुक्रा भेटिएको समाचारमा उल्लेख छ ।

 औसत ४५ देखि ५० वर्षका सामान्य व्यक्तिको मस्तिष्कको तौलको शून्य दशमलव ५ प्रतिशत अर्थात् प्रतिग्राम ४ हजार ८०० माइक्रोग्राम प्लाष्टिक भेटिएको अध्ययनका प्रमुख लेखक न्यू मेक्सिको विश्वविद्यालयको फर्मास्युटिकल विज्ञानका  प्राध्यापक म्याथ्यू क्याम्पेनले भनेका छन् ।

सन् २०१६ मा अटोप्सीबाट लिइएको मस्तिष्कको नमूनाको तुलनामा प्लाष्टिकको तौल ५० प्रतिशत धेरै भएको क्याम्पेनले भनेका छन् । ‘यसको मतलव अहिले मान्छेको दिमागमा ९९ दशमलव ५ प्रतिशत मात्रै दिमाग छ, बाँकी प्लाष्टिक छ,’ उनले भनेका छन् । अध्ययनले मान्छेहरुमा प्लाष्टिकको बढ्दो प्रयोगलाई देखाएको यसले मस्तिष्कमा पारेको असरबारे कुनै जानकारी भने नदिएको न्यु जर्जीको रट्गर्स विश्वविद्यालयमा फर्माकोलोजी र टक्सिकोलोजीको सह प्राध्यापक फोबे स्टाप्लेनले भनेकी छिन् ।

अध्ययनहरूले मान्छेको मुटु, रक्त नली, फोक्सो, कलेजो, आन्द्रा र प्लेसेन्टामा समेत प्लाष्टिकको कण देखाएका छन् । प्लाष्टिक बिना कोही पनि बस्न वा बाँच्न सक्दैन । हाते फोन देखि कम्प्युटरसम्ममा प्लाटिकको प्रयोग भएका छन् । तर बोतल, ब्याग आदि लगायत प्लाष्टिकको सम्पर्कमा कसरी कम आउन सकिन्छ भनेर चाँहि कोशिश गर्न सकिने बोष्टन कलेजमा सार्वजनिक जनस्वास्थ्यसम्बन्धी कार्यक्रमका निर्देशक डा. फिलिप लान्द्रिगान भन्छन् । यो अध्ययनको नतिजा जर्नलमा सार्वजनिक हुन बाँकी रहेको छ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप