जसपा नेपालको चार महिने आधारभूत सङ्गठन निर्माण अभियान सुरु (तस्बिरहरु)
![जसपा नेपालको चार महिने आधारभूत सङ्गठन निर्माण अभियान सुरु (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/jasapa-cover_4aUmiyOi6R.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गरेको छ । आइतबार सो अभियानको पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।
अध्यक्ष यादवले आज बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण समेत दिनेछन् । काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ भएको छ ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगन्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोसी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।
त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगन्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगन्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।
गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरूलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट