एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यद्वारा शपथ ग्रहण
आइतबार, ०९ भदौ २०८१, १३ : ५९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको हो ।
पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शपथ खुवाएका थिए । केन्द्रीय सदस्यहरूले मुठ्ठी उठाएर शपथ लिए ।
पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । महाधिवेशनको म्यान्डेट अनुसार पार्टीले साउन ३ सय ४४ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी चयन गर्न बाँकी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा
-
बिचौलिया रोक्न वैदेशिक रोजगार विभागमा बनाइयो विद्युतीय गेट
-
मानव सभ्यता उल्टो गेयरमा गइराखेको छ कि जस्तो लागिरहेको छ : पूर्वराष्ट्रपति यादव
-
कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान
-
बालकोटमा बाबुछोरा मृत्यु प्रकरण : यस्तो देखियो घटनास्थल (तस्बिरहरु)
-
ओलम्पिक कमिटीको विवाद उत्कर्षमा : गृहलाई खेलकुद मन्त्रालयले पठाएको पत्रमा के छ ?