फोटोफिचर
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०९ भदौ २०८१, १३ : ४९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो ।
बैठमा केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायत तीनवटा एजेन्डा तय भएका छन् ।
सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।