अर्शद वारशीले प्रभासलाई जोकर भनेपछि
नयाँ दिल्ली । बलिउड अभिनेता अर्शद वारसीले युट्यूबरलाई हालै दिएको एउटा अन्तरवार्तामा दक्षिण भारतका सुपरस्टार प्रभासको फिल्म कल्कीको आलोचना गरेका थिए । उनले फिल्ममा प्रभासलाई जोकरको रुपमा देखाइएको भनेर पनि भनेका थिए । अब कल्की फिल्मका निर्देशक नाग अश्विनले अर्शदको यो भनाइप्रति असन्तुष्टि जनाएका छन् । उनले एक्स ह्यान्डलमा ट्वीट गर्दै अभिनेताले बोल्नु अघि आफ्ना शब्दहरूमा ध्यान दिनुपर्ने भनेर भनेका छन् ।
‘तिमी को हौ ? यति धेरै घृणा ? विभाजन किन फैलाउँदै छौ ? यसमा हामी सबै एक साथ छौं । शान्त रह । के म तिमीलाई बुज्जी जस्तै खेलौना पठाउनु सक्छु ?’ अश्विनले भनेका थिए । निर्देशकले अर्शदका छोराछोरीका लागि बुज्जी पठाउने कुरा पनि गरेका थिए । कल्की फिल्ममा प्रभासको एआई सहायकको नाम बुज्जी थियो । यसलाई अभिनेत्री कीर्ति सुरेशले आफ्नो आवाज दिएकी थिइन् ।
कल्की २ मा प्रभासलाई कल्की १ मा भन्दा राम्रो देखाउन कठोर मेहनत गर्ने चाहिँ उनले बताएका छन् । संसारमा पहिला देखि नै धेरै घृणा फैलिएको अनि आफूहरूले यसलाई नबढाउन कोशिश गरेको पनि उनले बताए । प्रभासलाई पनि यस्तै महसुस भएको होला भनेर पनि उनले भनेका छन् ।
अर्शदले प्रभास र कल्की फिल्मबारे के भनेका थिए ?
युट्युबर समदीश भाटियालाई दिएको एक अन्तरवार्तामा हालसालै कुन नराम्रो फिल्म हेर्नुभयो भनेर अर्शदलाई सोधिएको थियो यसको जवाफमा कल्की भनेका थिए । ‘प्रभासलाई देखेर मलाई साँच्चै दुःख लाग्यो । त्यो चलचित्रमा उनी किन थिए..... माफ चाहन्छु तर उनी जोकर जस्तै देखिएका थिए,’ उनले भनेका थिए ।
फ्यानहरूले गरेका थिए अर्शदलाई ट्रोल
प्रभासलाई जोकर भनेको सुनेर रउनका फ्यानहरूले अर्शदलाई नमज्जाले ट्रोल गरिरहेका छन् । कल्की फिल्म हेर्न आएको दर्शकहरूले पार्किङका लागि तिरेको पैसा पनि अर्शद वारसीको पूरै करियरभन्दा बढी छ भनेर एक फ्यानले लेखेका थिए । अर्शदले दिएको पछिल्लो हिट फिल्म कुन थियो कोही त मलाई बताउ भनेर अर्का फ्यानले कमेन्ट गरेका थिए ।
प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको शीर्ष भूमिका रहेको कल्की यस वर्ष बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले विश्वभर ११ सय करोड कमाएको थियो । कामको कुरा गर्ने हो भने अर्शद अन्तिम पटक वेब सिरिज असुर र मोडर्न लभ मुम्बईमा देखिएका थिए । यतिबेला उनी जोली एलएलबी ३ को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनी अक्षय कुमारसँग देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?