बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ : अध्यक्ष अग्रवाल

आइतबार, ०९ भदौ २०८१, १३ : २९
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । 

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अग्रवालले नेपालमा हाल करिब एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको बताएका हुन् । 

उनले अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए । यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको उनको भनाई थियो । 

उनले भने, ‘स्वदेशी सबै उत्पादन तथा उत्पादकहरूमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरूले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । स्वदेशी उत्पादन तथा उत्पादकहरूले गुणस्तरीय मापदण्ड पूरा गरे÷नगरेको निगरानी गर्न धेरै निकायहरू पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन । स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’ 

अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेबलिङ अनिवार्य गर्नुपर्ने बताए । आयातित वस्तुमा लेबलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेबलिङ गर्न माग गरे । उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाइका साथ लागू गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप