‘मिस्टर नेपाल २०२४’बने सन्तोष लोक्सम
काठमाडौँ । रियलमी ‘मिस्टर नेपाल २०२४’ बने सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअपसहित आयोजित ‘रियलमी मिस्टर नेपाल २०२४’को अन्तिम प्रतिस्पर्धामा झापाका सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् ।
विजेता बनेसँंगै उनी आधिकारिक रूपमा ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा सञ्चालन हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रूपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।
प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल २०२४’ छानिएका । उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाइल्यान्डमा सम्पन्न हुने ‘मिस्टर ग्लोबल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै काठमाडौँका आयुष दुलाल प्रतियोगीतामा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ चयन भए । दुलालले ‘म्यान अफ द वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
योगेश र आयुष दुवै तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । तीनै जना मुख्य उपाधि विजेताले विभिन्न ब्रान्डका लागि मोडलिङ गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा धरानका आदेश प्रधान फस्टरनर अप तथा हेटौँडाका आयुष बमजन सेकेन्ड रनर अप भए । बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत सञ्चालन गरिएको ‘मिस्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागीहरूले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए भने त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रूपमा उतारेका थिए ।
एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वाससँग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिस्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरूको सहभागिता रहेको थियो ।
अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दीप पोखरेल रहेका थिए ।
प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिस्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिस्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिस्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्डमा विजेता चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
-
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति