अन्तरिक्षमा फसेका सुनिता र बिलमोर स्पेश एक्सको क्रु ड्र्यागनबाट पृथ्वीमा फर्किने

वाशिङटन डीसी । अन्तरिक्षमा हप्तौँदेखि फसेका दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र बुच बिलमोरलाई स्पेश एक्सको क्रु ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फिर्ता ल्याइने भएको छ । जुनको सुरुमा ८ दिनका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आईएसएस) गएका सुनिता र बिलमोर करिब ८० दिनदेखि त्यहाँ फसेका छन् ।
उनीहरू गएको बोइङको स्टारलाइनर अन्तरिक्षयानमा समस्या आएपछि उनीहरू महिनौँ त्यही फस्ने देखिएको छ । अन्तरिक्षयानबाट हिलियम चुहिएको अनि थ्रष्टरले पनि काम गर्न छाडेपछि उनीहरू तय गरिएको समयमा पृथ्वीमा फर्किन सकेनन् । यानमा आएको समस्या बुझ्न बोइङका इन्जिनियरहरूले हप्तौँदेखि प्रयास गरिरहेका छन् ।
यानले सुनिता र बिलमोरलाई पृथ्वीमा फर्काउन सक्षम हुनेमा आफू आशावादी रहेको बोइङले अगस्ट २ मा भनेको थियो । तर नासाले शनिवार स्टारलाइनर सेप्टेम्बरको सुरुमा रित्तै फर्किने बताएको छ । सुनिता र बिलमोर भने छिटोमा सन् २०२५ को फेब्रुअरीमा स्पेश एक्सको क्रु–९ मा चढेर पृथ्वीमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?