मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुटवलको जुत्ता मेलामा स्थानीय व्यवसायीको अवरोध

आइतबार, ०९ भदौ २०८१, ११ : ३७
आइतबार, ०९ भदौ २०८१

बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आजदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ । मेला स्थलमा पुगेको एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको हो ।

नेपाली लुगा घरको आयोजनामा दसैँसम्मका लागि मेला सुरु भएको थियो ।  उक्त मेलालाई रोक्न रुपन्देही व्यापार सङ्घले दबाब दिँदै आएको थियो ।  मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले करिब २५ जनाको

समूहले मेला स्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरिएको जानकारी दिए ।  मेला स्थलमा पुगेको समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको थियो । 

उता रुपन्देही व्यापार सङ्घले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । मेलाको आयोजना  बाहिरबाट आएका व्यक्तिले गरेको भन्दै  सङ्घले विरोध  गरेको थियो । 

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । दसैँसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोर जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बराबरको कारोबार हुन अनुमान आयोजकको छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप