पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक
![पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक](https://npcdn.ratopati.com/media/news/nepal-rastra-bank-nrb_S0CWQ0iKGx.jpg)
काठमाडौँ । रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा पुगेका छन् । लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र अनामनगरस्थित माक्स मनि ट्रान्सफर प्रालि खारेजीको चरणमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०० को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कारोबार सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंकले सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत