राधाको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण
काठमाडौँ । साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण गरिएको छ । मिलाप मासिकको आयोजनामा काठमाडौँमा आयोजित एक विशेष समारोहबिच साहित्यकार एवं वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, ऊर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय सङ्ग्रौला, सर्जक राधा भण्डारीलगायतले कृतिको लोकार्पण गरे ।
साहित्यकार हरि अधिकारीको सभापतित्व, मिलाप पब्लिकेशनका कृष्ण भुसालको स्वागत मन्तव्य कार्यक्रममा रहेको थियो । भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएको बताउँदै यो उपन्यास कोरोना–१९ को महामारीबाट सिर्जित असामान्य परिस्थितिको पृष्ठभूमिमा रचिएको जानकारी गराए ।
कार्यक्रममा वरिष्ठ कलाकार सङ्ग्रौला, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष लेकाली, समाजसेवी लीला नेपाल, ऊर्जाविद् कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै स्रष्टा राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए ।
महाकाव्यकार खेमनाथ दाहालले पुस्तकको टिप्पणी गर्दै नारी वेदना र प्रतिशोधको बिम्ब यो कृति रहेको बताए । यौन उत्पीडनमा परेका नारीको आवाज पनि यो कृति रहेको बताउँदै उनले यसमा सामाजिक विद्रोह पनि रहेको टिप्पणी गरे ।
समारोहका प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको बताए । कार्यक्रमका सभापति साहित्यकार अधिकारीले आफ्नो प्रकाशक संस्था शब्दबिम्ब प्रकाशन प्रालिबाट कृति पाठकमाझ आएको जानकारी गराए । बाइस भागमा विभाजन गरिएको १५६ पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा