आर्सनल लगातार दोस्रो खेलमा विजयी
आइतबार, ०९ भदौ २०८१, ०७ : २७

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जीतमालियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एकगोल गरेका थिए ।
पहिलो हाफगोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ६७ औँ मिनेटमा अग्रता लिएको थियो । ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।
त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । त्यसपछि दुवैतर्फबाट थपगोल नभएपछि अन्ततः २–० को नतिजानिकाल्न सफलभयो । जीतसँगै आर्सनलले २ खेलबाट ६ अंकबनाउँदा एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन