सोह्र किलो चरेससहित महिला पक्राउ
शनिबार, ०८ भदौ २०८१, २२ : ४५

कैलाली । कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ । बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह धामीले घरमा लागुऔषध (चरेस) को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको जानकारी दिए ।
धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस