साताको बजार : सुनको मूल्यमा रेकर्ड, तोलामा १८०० रुपैयाँ वृद्धि

काठमाडौँ । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्यले रेकर्ड कायम गर्यो । हालसम्मको सबै मूल्यसूचीलाई उछिन्दै सुनको मूल्य रेकर्ड कायम बन्दा सातामा भने तोलामा १८०० रुपैयाँ बढ्न पुग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भयो ।
त्यसपछिका दिनमा भनेर मूल्यमा उतारचढाव रहँदै कारोबारको अन्तिम दिन शुक्रबार १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भयो । महासंघका अनुसार बिहीबार १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन त्यसको अघिल्लो दिन बुधबार १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको तथ्यांकमा उल्लेख छ ।
यस्तै मंगलबार १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको सुन त्यसको अघिल्लो दिनचाहिँ सोमबार १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य अघिल्लो शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको थियो । सो मूल्य उतारचढाव हुँदै यो शुक्रबार आइपुग्दा १ हजार ८१५ रुपैयाँ कायम भयो । जसअनुसार सातामा चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढ्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान