भ्रमण वर्षको अवसरमा कार्तिक महिनामा धार्मिक महोत्सव सञ्चालन हुन्छ : प्रमुख दाहाल
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको सङ्कल्प पुरा भएको बताएकी छन् । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्द्धन हुने महत्त्वपूर्ण काम गरेको उल्लेख गरेकी हुन् ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताइन् । भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उनले उल्लेख गरिन् । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उनको भनाई छ ।
यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेन्डर तय भएको प्रमुख दाहालले बताइन् । यस्ता गतिविधिले प्रत्यक्ष रूपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उनको भनाई थियो ।
बजार क्षेत्रको पार्किङको समस्या समाधान गर्न यहाँका स्थानीय र महानगरको समन्वयमा स्थानको खोजी गर्नुपर्ने उनले बताइन् ।
यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भए पनि सञ्चालनमा कठिनाइ आएको स्मरण गरिन् ।
होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहुँदा नेपालका १० औँ हजार होटेल व्यवसायी मर्कामा परेको उल्लेख गरे । उनले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गरे । व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उनले आग्रह पनि गरे ।
कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा संघ चितवन कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मञ्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा