सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

वडा अध्यक्षमाथि याैनशोषणको आरोप, मौलापुर नगरपालिकाद्वारा छानबिन समिति गठन

शनिबार, ०८ भदौ २०८१, २० : १९
शनिबार, ०८ भदौ २०८१

रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।  मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएकी हुन् ।

ती महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौनशोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । आरोपपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनाबारे सत्यतथ्य छानबिन गरी समितिलाई १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेस गर्न भनिएको छ।  समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा  १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, कार्यपालिका सदस्य आशादेवी साह र अधिकृत अच्छेलाल साह सदस्य रहेका छन् ।

FB_IMG_1724491500133 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप