अन्तिम समयमा गोल खाँदा युनाइटेड स्तब्ध
शनिबार, ०८ भदौ २०८१, २० : १२

काठमाडौँ । जोआओ पेड्रोले ९५ औँ मिनेटमा गोल गर्दा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड १–२ गोलले पराजित भएको हो ।
खेलमा अग्रता पनि घरेलु टोली ब्राइटनले लिएको थियो । ३२ औँ मिनेटमा ड्यानी वेलब्याकले पूर्व क्लबविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा अमाद डियालोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । खेल सकिन १८ मिनेट बाँकी छँदा एलेहान्द्रो गानाचोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै टोलीलाई जित दिलाएको ठानेका थिए । तर, भीएआरले उक्त गोल अफसाइड भन्दै रद्द गरेको थियो ।
त्यसपछि खेल सकिन केही समय मात्र बाँकी छँदा पेड्रोले गोल गर्दै टोलीलाई नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राख्न मद्दत गरे । दुई खेलपछि ब्राइटनको ६ अङ्क रहेको छ । युनाइटेडको भने दुई खेलबाट ३ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी