सिन्धुली दुर्घटना
सिन्धुली दुर्घटना अपडेट : सुनकोसीबाट हाइलक्स गाडी निकाल्ने प्रयास गरिँदै
चालकसहित ३ बेपत्ता
शनिबार, ०८ भदौ २०८१, २० : ०४
काठमाडौँ । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ । नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।
खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए ।
सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् । कक्षपतिको टाउको र पातामा चोट लागेको एसपी काफ्लेले जानकारी दिए । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले जीप निकाल्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु