पुस्तकालय दिवस मनाउन समिति गठन
काठमाडौँ । सरकारले १७ औँ पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो ।
सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारीस्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले कार्यक्रम गरेको थियो । आज मूल समारोह समिति अन्तर्गतको सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिले भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
आइतबार त्रिभुवन विश्वविद्यालयको पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागले कार्यक्रम गर्ने बताइएको छ । यसैगरी नेपाल लाइब्रेरी फाउण्डेशनले किङ्स् कलेज बबरमहलमा पुस्तकालयसम्बन्धी विषयमा कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ । यही भदौ १२ गते राष्ट्रिय पुस्तकालयले कार्यक्रम गर्ने भएको छ ।
पुस्तकालय दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले समेत सांसदहरुका लागि कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको मूल समारोह समितिका सदस्य सचिवसमेत रहेका शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखा प्रमुख उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए ।
मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा भदौ १५ गते पुस्तकालय दिवसको मूल कार्यक्रम गरिने छ । कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिकासमेत सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।
पुस्तकालय दिवसकै अवसरमा बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालयले भानुभक्तीय रामायण वाचन कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा मन्त्रालयको २०७८÷७९ को सर्वेक्षणअनुसार देशभर नौ सय २८ सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेका छन् ।
तीमध्ये हाल दुई सय २७ पुस्तकालय मात्र राम्रोसँग सञ्चालनमा रहेका नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहेका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र