मर्स्याङ्गदीमा खसेको बस नदीबाट १० मिटर बाहिर ल्याइयो

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ ।
शनिवार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ५२ जनाको सुरक्षा फौजले बस पानी बाहिर निकालेको हो ।
बस निकाल्नको लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको थियो । पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार पनि बस निकाल्ने कार्य जारी रहने थापाले बताए । शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुवाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।
आज भारतीय एयर फोर्सको जहाजले दुर्घटनामा परेका २५ जना शव लिएर स्वदेश फर्किएको छ भने चालक र सहचालकको शव स्थलमार्गबाट लगिएको छ । घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि